ज्यान मुद्दामा फरार तुलसीपुरका खत्री १६ वर्ष पछि पक्राउ

दाङ, २६ असोज । कर्तव्य ज्यान मुद्धामा दोषी ठहर भई फरार भएका तुलसीपुरका एक अभियुक्तलाई प्रहरीले १६ वर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर ११ कटाहा बस्ने ५१ बर्षिय टेक बहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

उनी विरुद्ध कर्तव्य ज्यान मुद्धामा सर्वोच्च अदालतले २०६१चैत २९ गतेको फैसलामा दोषी ठहर गदै १० बर्ष कैद सजाय तोकेको थियो ।

सोहि मिति देखी फरार भएका खत्रीलाई प्रहरीले रोल्पा त्रिवेणी गाउपालिका ३ स्थित रोल्पा सिमेन्ट प्रा.ली बुढागाउबाट गएको शुक्रवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन् । पक्राउ परेका खत्रीलाई दाङ देउखुरी जिल्ला अदालतमा पेश गरिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ असोज २६ गते सोमवार
प्रतिक्रिया