काठमाडौँ — डा. गोविन्द केसीको अनशन बसेकाे २७ दिन पुग्दासम्म पनि सरकारले औपचारिकताका लागि मात्र वार्ता गरेको निष्कर्ष निकाल्दै नेपाल चिकित्सक संघले आन्दोलन घोषणा गरेको छ । वार्तामा सरकार गम्भीर नभएकाले आइतबार देशैभरी आकस्मिक र कोभिडबाहेकका सबै सेवा बहिष्कार गर्ने संङले घोषणा गरेको छ ।
आइतबारसम्म पनि सत्याग्रह अन्त्य नभएको अवस्थमा यसभन्दा कडा आन्दोलन गर्ने संघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । संघले यसअघि शुक्रबार सेवा बहिष्कार गर्ने घोषणा गरेको थियो । तर, सरकारले वार्ता टोली गठन गरेर वार्ता सुरु भएपछि आन्दोलनको कार्यक्रम स्थगित गरेको थियो ।
शुक्रबार राति स्थगित भएको सरकार र केसी पक्षको वार्ता त्यसपछि सुरु हुन सकेको छैन ।
प्रकाशित मिति : २०७७ असोज २४ गते शनिवार






