
तुलसीपुर, २१ असोज / शिक्षिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा घोराहीमा शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही स्थित सिदार्थ एकाडेमीमा कार्यरत शिक्षक शिवकुमार राना रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिए । प्रहरीमा पिडित महिलाले ४ बजे ठाडो निवेदन दिएपछि प्रहरीले बेलुकी पाँचबजे घरैबाट पक्राउ गरेको हो ।
‘हामीले १८ बर्ष मुनिकोमात्रै यौन दुव्र्यवहारको मुद्दा हेर्छौ । यो त्यो भन्दा माथिको छ,’ प्रवक्ता खड्काले भने–‘अभद्र व्यवहारमा आयो भने २४÷२५ दिन थुनामा बसेर निस्कीन्छ । यदि यौन दुव्र्यवहारमा उजुरी आयो भने हमीले हेर्न मिल्दैन । सोझै अदालतले हेर्छ ।’
महिलाले ठाडो निवेदन दिए पनि महिलाको लिखत जाहेरीको आधारमा प्रकृया अघि बढ्ने प्ररहीले बताएको छ । कानुनि रुपमा अदालतमा यौन दुव्र्यवहार सम्बन्धि मुद्दा गयो भने दोषी ठहर नभएसम्म राख्न नमिल्ने भएकाले छोड्ने प्रवक्ता खड्काले जानकारी दिए ।
यसैविच विद्यालयले पनि महिलामाथि यौन दुव्यवाहार गर्नै र अश्लिल हर्कत गरेको भिडियो सामाजिक संजामा पोष्ट गर्ने शिक्षकलाई निश्कासन गरेको जानकारी दिएको छ ।