
दाङ, २१ असोज । प्रहरीले पेस्तोलमा लाग्ने पाँच राउण्ड गोली सहित दुई जनालाई पक्राउ गरेको छ । बाँके नरैनापुर गाउँपालिका ५ सर्बराजपुरुवा स्थित हुलाकी सडक खण्डबाट नेपालगंज उपमहानगरपालिका २० मनिकापुर बस्ने ६२ बर्षिय सलिम नाँउ र सोहि ठाउँका १९ बासुदेबपुर बस्ने ३३ बर्षिय ईब्राहिम बेहेनालाई पक्राउ गरिएको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
उनीहरुको साथबाट नलकटुवा पेस्तोल दुई थान र पेस्तोलमा लाग्ने ५ राउण्ड गोली बरामद गरेको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको प्रहरी बरिष्ठ उपरिक्षक राजकुमार बैदवारले जानकारी दिएका छन् । पक्राउ परेका माथी थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ असोज २१ गते बुधवार