मतदाता शिक्षा अभिमुखिकरण तुलसीपुरमा सम्पन्न

तुलसीपुर,२६ जेठ

जिल्ला यूवा सञ्जाल दाङको आयोजनामा आज तुलसीपुरमा मतदाता शिक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । यूएसएआडिको सहयोग तथा बेशको समन्वयमा कार्यक्रम भएको हो । जिल्ला यूवा सञ्जालका उपाध्यक्ष खगेन्द्र अधिकारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालीकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन गरीएको थियो । सो अवसरमा स्थानीय चुनाव,आचारसँहिता ,मतदान गर्ने तरीका लगायतका बारेमा जानकारी गराईएको थियो । कार्यक्रममा बेश साझेदारी विकास परीयोजनाका महेश नेपाल,सन्तोष कर्ण,नर बहादुर चौधरी लगायतले प्रशिक्षण दिएका थिए । सो अवसरमा २४ युवाहरुद्धारा नमुना मतदानमा २१ मत सदर भएको थियो । कार्यक्रममा ३४ यूवाहरुको सहभागितामा रहेको थियो । एकराज भण्डारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण सिएम विश्वकर्माले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७४ जेष्ठ २६ गते शुक्रवार
प्रतिक्रिया