प्रदेश पाँच लागु औषधको अखडा

कारोवार गरेको आरोपमा विदेशी सहित दुई हजार बढि नागरिक पक्राउ

 तुलसीपुर, २० असोज ।
घटना नं.१
मिति २०७७÷६÷४ गते लमही नगरपालिका वडा नम्वर ९ अमिलियाबाट ३२५ग्राम लागु औषध(ब्राउन सुगर)सहित एक पुरुष प्रहरीको फन्दामा परे ।घटनाको बारे थप अनुसन्धान भईरहेको छ ।
घटना नं. २
मिति २०७७÷६÷९ गते शुक्रवार राती पौने आठ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ गुम्ह्राहचोकबाट पाँच किलो लागु औषध (अफिम ) सहित एकै परिवारका श्रीमानश्रीमतीलाई तुलसीपुर प्रहरीले पक्राउ ग¥यो ।
घटना नं.३
मिति २०७७÷६÷१७ गते शनिवार साँझ रोल्पा सुनिल स्मृती गाउँपालिका २ खुङग्रीबाट रोल्पा प्रहरीले बा १५ च ३७७६ नम्बरको स्कारपियो गाडि सहित पाँच जना लागु औषध अफिम सहित पक्राउ ग¥यो । साथै उनीहरुको साथबाट ८ किलो लागु औषध (अफिम ) फेला प¥यो ।
यी माथि उल्लेखित घटनाहरु एउटा उदाहरण मात्रै हुन् । प्रदेश पाँच लागु औषधको अखडा बनेको छ ।प्रदेशमा वितेको दुई आर्थिक वर्षमा एक हजार तिन सय बिस वटा लागु औषधका घटना भएका छन ।सोहि घटनामा संलग्न भएको आरोपमा ८४ जना विदेशी सहित दुई हजार १४ जना नेपाली नागरिक पक्राउ परेका छन् ।

जसमा ८३ नेपाली महिला पनि संलग्न भएको पाईएको छ । वितेको आर्थिक वर्ष ०७६÷७७ मा मात्रै लागु औषधका ४९४ वटा घटना भएको प्रहरीको तथ्याङकले देखाएको छ । तर अघिल्नो आर्थिक वर्ष ०७५÷७६को तुलनामा वितेको आर्थिक वर्षमा झन्डै पचास प्रतिशतले घटनामा कमी आएको छ । अघिल्नो आर्थिक वर्षमा प्रदेशका १२ जिल्लामा ८२६ वटा लागु औषधका घटना भएको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीका अनुसार अफिम, ब्राउन सुगर, गाँजा, चरेस, सिरिन्ज, ट्याबलेट, क्याप्सुल र सिरप जस्ता लागु औषधका घटना भएका छन् ।

वितेको आथिर्क वर्षमा सोहि घटनामा संलग्न भएको आरोपमा स्वदेशी तथा विदेशी नागरिक गरी ८०३ जना पक्राउ परेको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी वरिष्ठ उपरिक्षक राजकुमार बैदवारले जानकारी दिएका छन् ।जसमा १९ जना विदेशी नागरि रहेका भने ४१ जना नेपाली महिला उक्त घटनामा संलग्न भएको पाईएको छ । विशेषगरी गाँजा, चरेस ,अफिम र ब्राउन सुगर कारोवार हुने गरेको छ । कारोवार हुने क्षेत्र सवैभन्दा बढि रुपन्देही र बाँके जिल्ला रहेका छन् । रुपन्देहीमा वितेको आर्थिक वर्षमा १४८ वटा लागु औषधका घटना भएका छन् ।

सोहि घटनामा संलग्न भएको आरोपमा ४ जना विदेशी नागरिक सहित २३२ जना पक्राउ परेका छन् । त्यस्तैगरी बाँकेमा १५६ वटा घटनामा २३५ जना, कपिलबस्तुमा ४६ वटा घटनामा ७७ जना, नवलपरासी पश्चिममा ६८ वटा घटनामा ११२ जना, दाङमा ३४ वटा घटनामा ७३ जना, गुल्मीमा २ वटा घटनामा दुई जना, पाल्पामा ७ वटा घटनामा ११ जना, प्युठानमा एउटा घटनामा ५ जना, रुकुम पुर्वमा ४ वटा घटनामा ७ जना र बर्दियामा २८ घटनामा ४९ जना पक्राउ परेको प्रहरी वरिष्ठ उपरिक्षक बैदवारले जानकारी दिएका छन् । वितेको आर्थिक् वर्षमा रोल्पा र अर्घाखाँचीमा लागु औषधका घटना नभएको प्रहरीको तथ्याङकले देखाएको छ ।

यस्तैगरी अघिल्नो आर्थिक वर्ष ०७५÷०७६ मा पनि रुपन्देही र बाँकेमा लागु औषधका घटना बढि भएका छन् । रुपन्देहीमा ३७१ वटा घटना भएका छन् । जसमा संलग्न भएको आरोपमा प्रहरीले ५२१ जनालाई पक्राउ गरेको छ । यस्तैगरी बाँकेमा २४९ घटनामा ३६३ जना, कपिलबस्तुमा ४९ वटा घटनामा संलग्न भएको आरोपमा ७२ जना, नवलपरासी पश्चिममा ६८ वटा घटनामा एक सय जना , गुल्मीमा २ घटनामा ९ जना, पाल्पामा १६ घटनामा २१जना, दाङमा ३४ घटनामा ७४ जना, रोल्पामा ३ घटनामा ३ जना, रुकुम पुर्वमा दुई घटनामा २ जना र बर्दियामा ३२ घटनामा ४६ जना पक्राउ परेको प्रहरी प्रवक्ता बैदवारले जानकारी दिएका छन् ।
ठुलो परिमाणमा लागु औषध बरामद
प्रहरीले वितेको दुई आर्थिक वर्षमा ठुलो परिमाणमा लागु औषध बरामद गरेको छ । प्रदेशका १२ जिल्लाबाट विभिन्न समयमा लागु औषध तस्करी सहित ठुलो परिमाणमा गाँजा, चरेस, ब्राउन सुगर, अफिम, ट्याब्लेट र क्याब्सुल लगाएतका लागु औषध बरामद गरेको पाँच नम्वर प्रदेश प्रह्री कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीका अनुसार आथिर्क वर्ष ०७५÷७६मा गाँजा ६६ किलो ९८ ग्राम, चरेस ३०१ किलो ९४५ ग्राम, अफिम २३ किलो ५६० ग्राम, ब्राउन सुगर १ किलो १२७ ग्राम र ५३० मिलिग्राम, सिरिन्ज २९ हजार १ सय ७९, ट्याबलेट १८ हजार ९ सय ५० , क्याप्सुल ४ हजार ७ सय ७ र सिरप २० हजार ४१ बरामद गरेको प्रहरीले बताएको छ ।

यस्तैगरी वितेको आर्थिक वर्ष ०७६÷७७ मा गाँजा ३४ किलो १३८ ग्राम, चरेस २१० किलो २६१ ग्राम, अफिम २० किलो ७५२ ग्राम, ब्राउन सुगर ९८५ ग्राम ६५६ मिलिग्राम, सिरिन्ज १७ हजार ४ सय ६३, ट्याबलेट २० हजार ५३२ , क्याप्सुल ६ हजार ८ सय ८४ र सिरप ४१ हजार ८६० बरामद गरिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ असोज २० गते मङ्गलवार
प्रतिक्रिया