२०८३ असोज २४ गते शनिवार

सल्यानका युवकलाई तुलसीपुरमा खुकुरी हान्ने तीनजना पक्राउ

तुलसीपुर, १९ असोज / गएराति खुकुरी प्रहारमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँ निबासी १४ बर्षका दिपेश चौधरी, १५ बर्षका संदिप सुनार र १९ बर्षका शिव प्रसाद चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।

उनिहरुलाई राति ३ बजे पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । मोटरसाईकलमा आएका ती युवाहरुले गएराति करिब ८ बजे सल्यानको बागचौर नगरपालिका–७ टाट्के निबासी १८ बर्षका डण्डबीर खड्कालाई खुकुरी प्रहार गरेका थिए ।

घाईते खड्काको कोहलपुरमा उपचार भईरहेको छ । मदिरा सेवन गरेर आएका ती युवाले सामान्य विवादका कारण खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ असोज १९ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।