तुलसीपुरमा खुकुरी प्रहारबाट एक युवक गम्भिर घाइते

तुलसीपुर, १८ असोज/ दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक युवक गम्भिर घाईते भएका छन् । घाईते हुनेमा सल्यानको बागचौर नगरपालिका–७ टाट्के घर भई हाल विजय फर्निचरमा कार्यरत १८ बर्षका डण्डबीर खड्का रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका ईन्चार्ज डिएसपी शिव बहादुर सिंहले जानकारी दिए । युवकको घाँटीमा गहिरो चोट लागेको र रगत धेरै बगेको अस्पतालले जानकारी दिएको छ ।

घाईतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–६ भिआईपी टोलमा मोटरसाईकलमा आएका अपरिचित ३ जनाको युवाको समूहले पछाडीबाट खुकुरी प्रहार गरेर भागेको प्रहरीले बताएको छ ।

घटनामा संलग्न युवाहरुको खोजी कार्यका तिब्र पारिएको छ । घटना करिब ८ बजे भएको प्रहरीले बताएको छ । घटनामा संलग्न युवाहरुको नाम र ठेगाना नखुलेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ असोज १८ गते आइतवार
प्रतिक्रिया