भारतबाट राजस्व छलेर ल्याईएका १२० खसि प्रहरीको नियन्त्रणमा

लमही, १७ असोज । भारतबाट राजश्व छलेर नेपाल भित्रयाइएका एक सय भन्दा बढि खसी प्रहरीले नियन्त्रणमा लिएको छ । मिनिट्रकमा ल्याउदै गरेका ६२ वटा र गढवा गाउँपालिका वडा नम्बर ८ दुर्गा सामुदायिक वनको बिच जंगलमा राखिएको अवस्थामा ५८ वटा गरी १ सय २० वटा खसि नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासका प्रमुख माधव ढुङ्गेलले जानकारी दिएका छन् ।

शुक्रवार राती सिमा क्षेत्र बन्द भएको मौका छोपेर बैकल्पिक बाटो प्रयोग गरी रा १ ख १३१५ नम्बरको मिनी ट्रकमा राखेर भित्राइएका ६२ वटा खसी शुक्रवार राती १० बजेतिर सशस्त्र प्रहरी बल अर्नुनखोला लमहीले नियन्त्रणमा लिएर नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको हो । त्यसपछि बेलुका गस्ती गर्ने क्रममा दुर्गा सामुदायिक वनको बिच जंगलमा राखिएको अवस्थामा ५८ वटा खसि नियन्त्रणमा लिइएको उनले जानकारी दिएका छन् । तस्करी गर्ने व्यक्ति भने फरार भएको र खोजीकार्य जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ असोज १७ गते शनिवार
प्रतिक्रिया