दाङमा ५ लाख २२ हजार रूपैयाँ सहित १८ जुवाडे प्रहरीको नियन्त्रणमा ( नाम सहित )

दाङ, १७ असोज ।दाङमा १८ जना जुवाडेलाई जुवाको खालबाट जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ। देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसँहनिया बजारमा रहेको दर्शन खाजा घरबाट १० जना र बबई गाउँपालिका वडा नमवर ३ धनुवासबाट ८ जना गरी १८ जना जुवाडेलाई जुवाको खालबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

देउखुरीको सिसँहनियाबाट २ लाख ६० हजार एक सय २५ रुपैयाँसहित १० जना र बबईबाट २ लाख ६१ हजार ९ सय ९० रुपैयाँसहित ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिए । पक्राउ पर्नेहरूमा राप्ती गाउँपालिका वडा नम्बर ७ निवासी वर्ष ३७ का दिपेन्द्र बिक्रम शाह, वर्ष २९ का मोहन गाहा मगर, सुनिलस्मृति गाउँपालिका वडा नम्बर ७ रोल्पा निवासी वर्ष २८ का नारायण रोका मगर, राप्ती गाउँपालिका २ निवासी वर्ष ३० का बिक्रम राना, वर्ष ३० का श्याम गुरूङ, वर्ष २८ का बसन्त बेल्वासे, वर्ष ३० का लक्ष्मण गिरी, वर्ष ३० का छोटेलाल चौधरी, वर्ष ४५ का बेल सिंह भैयामगर र वर्ष ३८ का युवराज बुढा रहेका छन् ।

यस्तै गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरी टोलीले बबई ३ धनुवास बस्ने वर्ष ३७ को केशव भन्ने केश कुमार विक, वर्ष ४३ का लोक बहादुर खड्का, वर्ष ४९ का पर्साराम विक, वर्ष २४ का शेर बहादुर विक, वर्ष २४ को प्रेम पुन, वर्ष ३२ का विमल भन्ने बिन बहादुर घर्ती, वर्ष २९ का विक्की नेपाली, वर्ष २९ का भीम बहादुर भन्ने भाइलाल नेपाली रहेका छन् । पक्राउ परेका व्यक्तिहरुलाई जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरेर कारबाही गरिने प्रहरीले जनाएको छ

प्रकाशित मिति : २०७७ असोज १७ गते शनिवार
प्रतिक्रिया