रोट्र्याक्टले चुम्यो तरुण कप फुटसलको उपाधी

तुलसीपुर १७ असोज । दाङको तुलसिपुरमा आयोजना गरिएको तरुण कप फुटसल प्रतियोगिता २०७७ को उपाधी रोट्रयाक्ट क्लब तुलसिपुरले हात पारेको छ । नेपाल तरुण दल तुलसीपुर ५ ले आयोजना गरेको प्रतियोगिताको शनिवार सम्पन्न फाईनल खेलमा पब्लिक ज्ञान ज्योती स्कुल तुलसिपुरलाई ३ का विरुद्ध ६ गोल अन्तरले पाखा लगाउदै रोट्रयाक्टले उपाधी हात पारेको हो ।

उपाधी संगै उसले तरुण कप तथा खसी प्राप्त गरेको छ । उपबिजेता बनेको पब्लिक ज्ञान ज्योती सान्त्वना कपमा चित्त बुझाउन बाध्य भयो । ४ टिमको सहभागिता रहेको प्रतियोगिता लिग प्रणालीमा खेलाईएको थियो भने सबै खेलहरु तुलसिपुर स्थित द लेजेण्ड फुटसल ग्राउण्डमा भएका थिए ।

प्रकाशित मिति : २०७७ असोज १७ गते शनिवार
प्रतिक्रिया