परपुरुषसँग सम्बन्ध राखेको आरोपमा श्रीमतीलाई दिशा खुवाउने श्रीमान सहित सात जना पक्राउ

काठमाडौ, १७ असोज । हुम्लामा परपुरुषसँग सम्बन्ध राखेको आरोपमा श्रीमतीको कपाल मुडेर कालोमोसो दली दिसा खुवाएर गाउँ डुलाउने श्रीमानसहित सातजना पक्राउ परेका छन्।सिमकोट गाउँपालिका निवासी २३ वर्षीया महिलालाई अमानवीय व्यवहार गर्ने उनका श्रीमानसहित सातजनालाई प्रहरीले पक्राउ गरेको हो।

शुक्रबार भएको यो घटनामा संलग्न रहेका सातजनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सूर्य सुवेदीले जानकारी दिए।‘परपुरुषसँग प्रेम सम्बन्ध राखेको आरोपमा महिलामाथि अमानवीय व्यवहार भएको हो ।

प्रकाशित मिति : २०७७ असोज १७ गते शनिवार
प्रतिक्रिया