नेपालमा संक्रमितको संख्या ८२ हजार ४ सय ५० पुग्यो

काठमाडौ, १६ असोज । वितेको २४ घण्टामा नेपालमा थप २ हजार ७ सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ८२ हजार ४ सय ५० पुगेको छ । काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको संख्या पछिल्लो समय बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप नयाँ १ हजार ६ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रवार काठमाडौँमा १ हजार २ सय ८० , ललितपुरमा १ सय ६२ र भक्तपुरमा १ सय ९६ जना कोरोना सङ्क्रमित देखिएका हुन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ३ सय ७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६० हजार ६ सय ९६ जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ११ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ ।

प्रकाशित मिति : २०७७ असोज १६ गते शुक्रवार
प्रतिक्रिया