विभिन्न १४ मुद्धामा दोषी ठहर भई फरार भएका ३४ जना पक्राउ

दाङ, १३ असोज । जिल्ला अदालतबाट दोषी ठहर भई फरार भएका ३४ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार १४ शिर्षकको मुद्धामा अदालतबाट दोषी ठहर भई फरार भएका ३४ जनालाई सोमवार पक्राउ गरिएको हो । अदालतले उनीहरुलाई कैद तथा जरिवाना तोकेको छ ।

बहुविवाह मुद्धामा दुई जना पक्राउ परेका छन् । उनीहरुलाई १००० जरिवाना गरिएको छ । यस्तै वन बुद्धामा ७ जना पक्राउ परेका छन् भने उनीहरुलाई ३ महिना २९ दिन कैद र ३१ हजार २ सय ९० रुपैया जरिवाना, जालसाजी मुद्धामा ३ जना पक्राउ परेका छन् भने ४१ हजार ३ सय ५० रुपैया जरिवाना तोकिएको छ ।

यस्तैगरी सरकारी छाप दस्तखत कृते मुद्धामा १ जना, भवितव्य ज्यान मुद्धामा १ जना , लागु औषध मुद्धामा २ जना, कुटपिट मुद्धामा १ जना, कर्तव्य ज्यान मु्द्धामा १ जना, बण्डा पत्र बदर मुद्धामा १ जना ,सवारी ज्यान मुद्धामा ७ जना, जारी मुद्धामा २ जना, नकवजनी चोरी मुद्धामा १ जना र अन्यमा ५ जना गरी ४३ जना पक्राउ परेका छन् । जसमा ३४ जना को २ बर्ष १६ दिन कैद र ९९ हजार ६ सय ५५ रुपैया जरिवाना भुक्तान गर्नका लागी अदालतमा पेश गरिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ असोज १३ गते मङ्गलवार
प्रतिक्रिया