खुकुरी प्रहार गरेको आरोपमा तुलसीपुरमा युवक पक्राउ

तुलसीपुर, १३ असोज / खुकुरी प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निबासी २६ बर्षका देवी भन्ने विश्व रोकामगर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका इन्चार्ज तथा डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।

पक्राउ परेका रोकामगरलाई ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ । माेटरसाईकलमा तेल हाल्ने विषयलाई लिएर हिजो साँझ ६ बजे रोकामगरले तुलसीपुरको भुयाँरथान नजिकै सोही ठाउँका १९ बर्षका बर्षात वलीलाई खुकुरी प्रहार गरेका  थिए ।

बिहान ४ बजे रोकामगर सहित ३ जनालाई पक्राउ गरेपनि दुई जनालाई छाडेको प्रहरीले जनाएको छ । घाईते भएका वली उपचार पछि घर फर्किसकेका छन् ।

प्रकाशित मिति : २०७७ असोज १३ गते मङ्गलवार
प्रतिक्रिया