तुलसीपुरमा फेरि खुकुरी प्रहार , युवक घाइते

तुलसीपुर, १२ असोज /तुलसीपुरको भुयाँरथान नजिकै खुकुरी प्रहारबाट एक युवक घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाईते हुनेमा तुलसीपुरमा उपमहानगरपालिका–७ भुयाँरथान नजिकै निवासी १९ बर्षका बर्षात वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिए । घाईते वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुमरा उपचार भइरहेको र उनको बायाँ हातमा काटिएको प्रहरीले बताएको छ ।

तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निबासी २४ बर्षका विश्व पुनमगरले वलीलाई साँझ ६ बजे खुकुरी प्रहार गरेको उनि फरार भएकाले खोजीकार्य जारी राखेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ असोज १२ गते सोमवार
प्रतिक्रिया