२०८३ असोज ६ गते मङ्गलवार

अफिमसहित तुलसीपुरमा पक्राउ परेका यी हुन् श्रीमान श्रीमती

तुलसीपुर, १० असोज / दाङको तुलसीपुर स्थित गुम्राह चोकबाट ५ किलो अबैध लागुऔषध अफिम सहित पक्राउ पर्ने श्रीमान श्रीमतीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रोल्पाको साविक थबाङ गाविस–५ निबासी ४६ बर्षका कर्मकुमार बुढा र उनको श्रीमती ४६ बर्षकी राजकुमारी रोका रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

उनिहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटेको विशेष प्रहरीको टोलीले तुलसीपुर – ६ गुम्राह चोकबाट शुक्रबार राति पौने ८ बजे पक्राउ गरेको प्रवक्ता खड्काले जानकारी दिए ।

पक्राउ परेकालाई अबैध लागुऔषध ओसारपसार सम्बन्धी मुद्दा चलाईने प्रहरीले जानकारी दिएको छ । अफिमको मूल्य बजार हेरेर प्रति किलो २ लाख देखि ३ लाख रुपैयाँसम्म रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ असोज १० गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।