तुलसीपुर ८ र ९ मा एमालेको घरदैलो अभियान

तुलसीपुर, २४ जेठ
नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका ८ र ९ ले केहि दिन देखि घरदैलो अभियानलाई तिब्र पार्दै लगेका छन् । आइतबार देखि सुरु भएको घरदैलो अभियानमा उम्मेदवारहरुले वडाका विभिन्न ठाउँमा रहेका मतदाताको घरघरमा पुगेर आफुलाई विजयी बनाउन आग्रह गरेका थिए ।
घरदैलो अभियानपछि शान्तिदिप बोर्डिङ स्कुल नजिकै ८ र ९ को संयुक्त कोणसभा भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले तुलसीपुर उपमहानगरपालिकाका मेयरका उम्मेदवार घनश्याम पाण्डेले एमालेका जनलहर बढ्दै गएको बताउनु भयो । विगतको भन्दा एमालेको जनलहर बढेकाले जित सूनिश्चत रहेको पाण्डेको दाबी थियो ।
विपक्ष दलले विगतमा ६० बर्ष माथिका बुढाबुढीलाई गोली ठोकेर मार्ने र घन्टीलागेपछि मात्रै थालथापेर भात खान लाईन लाग्नुपर्छ भन्दै भ्रम छेरेर जिते पनि अब तीनी दिन गएको बताउनुभयो । अब जन्ता टाँठाबाठाँ भईसकेकाले कसैले झुक्याउन नसक्ने बताउनु भयो ।


कोणसभामा उपमेयरका उम्मेदवार माया आचार्य, तुलसीपुर उपमहानगर पालिका ९ का वडा अध्यक्ष पदका उम्मेदवार संगित बस्याल, लगाएतले सम्बोधन गर्नु भएको थियो । विनोदकुमार भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका ८ नम्ब वडा कमिटिका सचिव केशव सापकोटाले गर्नु भएको थियो । सो अवसरमा सयौं जनाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७४ जेष्ठ २४ गते बुधवार
प्रतिक्रिया