आईपीएलमाकिङ्स इलाभेन पन्जाबको पहिलो जीत

काठमाडौ, ९ असोज । किङ्स इलाभेन पन्जाबले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ ।गयराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले पराजितगर्दै पन्जाबले पहिलो जित निकालेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा पन्जाबले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको बैंगलोर १७ ओभरमा अलआउट हुँदै १ सय ९ रनमा समेटियो ।यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो । पन्जाबका लागि कप्तान केएल राहुलले अविजित रहँदै १ सय ३२ रनको शतकीयइनिङ्स खेलेका थिए ।

राहुल, यस सिजनको आईपीएलमा शतक बनाउने पहिलो खेलाडी बने । जितसँगै पन्जाबले २ खेलमा २ अंकजोडेको छ । नेट रनरेटको आधारमा, पन्जाब तालिकाको शीर्ष स्थानमा रहेको छ ।बैंगलोरभने २ खेलमा २ अंकसहित छैटौं स्थानमा रहेको छ ।आज चेन्नई सुपर किङ्स र दिल्ली क्यापिटल्स् बीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २०७७ असोज ९ गते शुक्रवार
प्रतिक्रिया