दाङमा ८ बर्षका बालकले गरे झुण्डीएर आत्महत्या

तुलसीपुर, ८ असोज / दाङको शान्तिनगरमा ८ बर्षका बालकले झुण्डीएर आत्महत्या गरेको आफन्तले बताएका छन् ।

शान्तिनगर गाउँपालिका–४ जुम्लेकुला निबासी ८ बर्षका बालक प्रताप वलीले घरको झ्यालमा झुण्डीएर आत्महत्या गरेको बाबु नेव बहादुर वलीले जानकारी दिए ।

झुण्डीएको देख्ने वित्तीकै आमाले पासो लगाएको सल काटेर उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएका थिए । बालकलाई दिउसो साढे २ बजे चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिए । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ असोज ८ गते बिहिवार
प्रतिक्रिया