पश्चिम दाङबाट ११४ क्यूफिट चिरान काठ बरामद

दाङ, असोज ६ । डिभिजन वन कार्यालय दाङ र पुरन्धारा सव डिभिजन वन कार्यालयको संयुक्त गस्ती टोलीले सोमबार बबई गाँउपालिका वडा नं. ५ जौबारीमा अवैद्य चिरान काठ सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबई गाँउपालिका वडा नं. ५ निवासी वर्ष २३ का नवराज खत्री (के.सी.) रहेको डिभिजन वन कार्यालयका सुचना अधिकारी खिम बहादुर केसीले जानकारी दिए ।

विना ईजाजत अवैद्य वन पैदावार हानी नोक्सानी, लुकाई छिपाई राखेको र ओसार पसार गर्न लागेको सुचना विशेष सुराकी संयन्त्रबाट प्राप्त भए पछि पुरन्धारा सव डिभिजन वन कार्यालयका साहयक वन अधिकृत सिद्धान्त बरालको नेतृत्वमा सहायक वन अधिकृतहरु. संयोग वस्नेत र विष्णु प्रसाद लामिछाने र सशस्त्र वन रक्षक सहितको गस्ती टोलि परिचालन गरिएको थियो ।

करीव ४ घण्टाको निरन्तर खोजतलासपछि बबई गाँउपालिका वडा नं. ५ अन्तर्गतको जौवारी भन्ने स्थानमा रहेको नवराज खत्रीको घर करेसाबाट साल जातका गोलिया थान ६ को ६.५० क्यू.फिट सोही ठाउँ निबासी भुपाल रोकाको घर करेसामा फेला पारेको चिरान काठ ६.८३ क्यू.फिट गरी जम्मा १३.३३ क्यू.फिट काठ गस्ती टोलिको बरामद गरेको छ ।

त्यसै गरि बबई गाँउपालिका वडा नं. ५ स्थित खाल्टे भन्ने स्थान सोही गस्ती टोलीले बल बहादुर बुढाथोकिले वन क्षेत्रमा अतिक्रमण गरि बनाएको छाप्रोमा अवैद्य चिरान काठ थान ६२ को १०१.४० क्यू.फिट बरामद गरि काठ लुकाउन बनाईएको काठको अस्थायी छाप्रो स्थानियहरुको रोहबरमा भत्काईएको छ ।  दोषी पाईएमा वन ऐन २०७६ बमोजिम पाँच वर्ष कैद र विगो असुल गरि १ लाख रुपैया सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २०७७ असोज ६ गते मङ्गलवार
प्रतिक्रिया