श्रीमती जिस्काएको झोकमा वृद्धमाथि खुकुरी प्रहार

इनरुवा , ५ असोज र श्रीमती जिस्काए पछि सुनसरीको इनरुवामा एक युवकले वृद्धमाथि खुकुरी प्रहार गरेका छन् ।

आफ्नी श्रीमती जिस्काएको भन्दै इनरुवा ८ निबासी बलबहादुर खड्काले छिमेकी ६५ वर्षिय चन्द्रबहादुर कोइराला माथि खुकरीले प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।

खुकुरी प्रहारबाट छुटाउन गएकी वृद्धकी श्रीमती भगवती समेत घाईते भएको र घाइते दम्पतीको बिराट नर्सिङ होममा उपचार भैरहेको छ । वृद्धको अवस्था भने गम्भिर रहेको छ । घटनमा संलग्न खड्कलाई प्रहरीले पक्राउ गरेर ज्यान मुद्दा चलाएको छ । वृद्धले पटक पटक जिस्क्याउने गरेकाले खुकुरी प्रहार गरेको प्रहरीलाई बयान दिएका छन् ।

प्रकाशित मिति : २०७७ असोज ५ गते सोमवार
प्रतिक्रिया