वन कार्यालयले हटायो जमिन अतिक्रमित गरी बनाईएका टहरा

दाङ, ५ असोज । दाङको राप्ती गाउँपालिकामा सामुदायिक वनको जग्गा अतिक्रमण गरि निर्माण गरिएको टहरा डिभिजन वन कार्यालय दाङ, देउखुरीले हटाएको छ । गाउँपालिका वडा नम्बर ४ मा रहेको शान्ति सामुदायिक वन उपभोक्त समुहको करिब चार हेक्टर जग्गामा दुईसय जनाले सामुदायिक वनको जग्गा अतिक्रमण गरि निर्माण गरिएको २५ वटा टहरामा वन कार्यालयले सोमबार आँगो लगाएर हटाएको डिभिजन वन कार्यालय दाङ, देउखुरीका सुचना अधिकारी प्रेमिलालप्रसाद शाहले जानकारी दिए ।

कालाकाटे, प्यूठान र रोल्पाका स्थानीयले सामुदायिक वनको जग्गा उपभोक्त समुहलाई नटेरि आफु खुसि उक्त वनको जग्गा अतिक्रमण गरि २५ वटा अस्थाई टहरा निर्माण गरेको डिभिजन वन कार्यालय दाङ, देउखुरीका सहायक वन अधिकृत लालबाबु पण्डितले बताए । उनले भने ‘चार पाँच देखि यता सित्तैमा जग्गा पाइन्छ कि, भनेर शान्ति सामुदायिक वन उपभोक्त समुह क्षेत्रका चार हेक्टर जग्गामा कालाकाटे, प्यूठान र रोल्पाका २५ जना स्थानीयले अतिक्रमण गरि अस्थाई टहरा निर्माण गरेका थिए ।’

सोमबार उक्त अतिक्रम गरिएको अस्थाई टहरामा आँगो लगाइ हटाएको छ । शान्ती सामुदायिक वनको जग्गा कसरी अतिक्रम भयो, यस विषयमा उक्त सामुदायिक वनका अध्यक्षलाई छलफलको लागी वन कार्यालयमा बोलाइ छलफल भइरहेको वन कार्यालयले जनाएको छ । देउखु्ी क्षेत्रमा सामुदायिक वन अन्तरगतका करिब तिन हजार एकसय जग्गाहरु अतिक्रमण गरिएको डिभिजन वनक कार्यालय दाङ, देउखुरीको तंथ्याङ्कमा रहेको छ ।

प्रकाशित मिति : २०७७ असोज ५ गते सोमवार
प्रतिक्रिया