दाङमा ३ सय २५ ग्राम ब्राउन सुगर सहित १ जना पक्राउ

देउखुरी, ५ असोज । दाङ प्रहरीले ३ सय २५ ग्राम अवैध लागुऔषध (ब्राउन सुगर) सहित १ जनालाई पक्राउ गरेको छ । आईतवार राती लमही नगरपालिका वडा नम्बर ९ अमिलिया स्थित लागुऔषध(ब्राउन सुगर)को कारोबार भईरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले नेपालगंज उप(महानगरपालिका वडा नम्बर ११ भट्टी टोल बस्ने ३५ वर्षिय महिन अन्सारीलाई पक्राउ गरिएको हो ।

खानतलासी गर्दा अन्सारीले लगाएको खैरो बक्स पाईन्टको बाँया तर्फको खल्तीमा सेतो प्लाष्टिकमा दुईवटा पोका बनाई लुकाई छिपाई राखेको लागुऔषध(ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त धुलो पदार्थ तत्काल डिजिटल मेसिनमा राखी तौल गर्दा प्लाष्टिक सहितको तौल ३सय ३४ ग्राम र प्लाष्टिक बाहेक धुलो पदार्थको मात्र तौल ३२५ ग्राम सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । लागुऔषध(ब्राउन सुगर) मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ असोज ५ गते सोमवार
प्रतिक्रिया