धारिलो हतियार प्रहार गरी आफनै ज्वाईले गरे ससुराको हत्या

दाङ, ५ असोज । धारिलो हतियार प्रहार गरी आफनै ज्वाईले ससुराको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । जिल्लाको नवलपरासी(पूर्व) कावासोती नगरपालिका वडा नम्वर १५ शेरगञ्ज बस्ने ६६ बर्षिय बिष्णु राईको आफनै ज्वाईले हत्या गरेको प्रहरीले बताएको छ ।

सोहि ठाउँका ३१ बर्षिय सुवास जर्गा मगरले धारिलो हतियार प्रहार गरी ससुराको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । धारिलो हतियारले प्रहार गर्दा गम्भिर घाईते भएका राईलाई उपचारका लागी जिल्ला अस्पताल लगीएकोमा उनको उपचारकै क्रममा गएराती निधन भएको प्रहरीले बताएको छ ।

प्रहार गर्ने सुवास समेत सामान्य घाईते भएको प्रहरीले बताएको छ । उनी विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ असोज ५ गते सोमवार
प्रतिक्रिया