सल्यानमा दुई महिनामा ७ वटा बलात्कारका घटना,सात जना पक्राउ

दाङ ५ असोज । चालु आर्थिक वर्षको वितेका दुई महिनाको अवधीमा सल्यानमा बलात्कार सम्वन्धी ७ वटा घटना भएको प्रहरीको तथ्याङकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले दिएको जानकारी अनुसार वितेको दुई महिनाको अवधीमा जवरजस्ती करणी र करणी उद्योगका गरी सात वटा घटना भएका छन् । सल्यान प्रहरी कार्यालयमा गएको साउनमा ५ र भदौमा २ वटा गरी जम्मा सात वटा बलात्कारका उजुरी दर्ता भएका छन् ।

गएको साउनमा पाँच वटा जवरजस्ती करणीका मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । कार्यालयले दिएके जानकारी अनुसार भदौमा जर्बवस्ती करणी सम्वन्धी एउटा र जर्बजस्ती करणी उद्योग सम्वन्धी एउटा गरी जम्मा दुई वटा मुद्धा दर्ता भएका छन् ।

साथै प्रहरीका अनुसार उक्त घटनामा संलग्न भएको आरोपमा सात जना प्रक्राउ परेका छन् ।पक्राउ परेका सबैलाई जिल्ला अदालतले पुर्वपक्षका लागी कारागार चलान गरीसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ असोज ५ गते सोमवार
प्रतिक्रिया