तुलसीपुर, ४ असोज / दाङको तुलसीपुरमा जुवा खेल्दै गरेको अवस्थामा ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ निबासी २९ बर्षका भुवन खड्का, १६ नम्बर वडा निबासी ३५ बर्षका छवि बस्नेत, सोही ठाउँ निबासी ३० बर्षका मदुसुधन रेग्मी र तुलसीपुर–५ निबासी देवराज महत रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुर स्रोतले जानकारी दिएको छ ।
राप्ती बबई क्याम्पस पछाडि खुल्ला चौरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले १३ हजार नगद र तास सहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुको सबैको स्वास्थ्य परीक्षण गरेर इप्रकाको हिरासतमा राखिएको छ ।
सांकेतिक फोटो
प्रकाशित मिति : २०७७ असोज ४ गते आइतवार





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।