दाङमा विभिन्न मुद्धामा फरार १७ जना अभियुक्त पक्राउ

दाङ, ३ असोज । दाङमा विभिन्न मुद्धामा फरार अभियुक्तहरुलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । अदालतबाट दोषि ठहर भई फरार भएका उनीहरुलाई विभिन्न समयमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार साउन देखी असोज २ गते सम्म जम्मा १७ जनालाई पक्राउ गरी फैसला कार्यन्वनका लागी अदालत पेश गरिएको छ ।

पक्राउ पर्नेहरुमा विक्रम नेपाली, हरि बहादुर नेपाली, शन्तुराम चौधरी, मनिषा पाण्डे धिताल, धनमाया बुढा, पुर्ण बहादुर भण्डारी, शरद सिलवाल, गिता डाँगी, पुण्य प्रसाद चौधरी, विनोद विक, नरेश बुढाथोकी, सुरेस नेपाली, किसोर विक, कृष्ण विक, कृष्ण घर्ति, सन्दिप चौधरी र अनिल घर्ति रहेका छन् ।

पक्राउ परेकाहरु विरुद्ध चोरी, कर्तव्य ज्यान, गाली वेईज्जती, चेक अनादर, लेनदेन, जवरजस्ती करणी, सार्वजनिक शान्ती विरुद्धको कसुर र मोटरसाईकल चोरी मुद्धामा अदालतबाट दोषि ठहर भई कानुनी अनुसार फैसला भईसकेको छ । अदालतले २०६८ सालदेखी २०७६ साल सम्म मुद्धा फैसला गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिएका छन् । साथै उनले अपराधिक क्रियाकलापमा संलग्न भई लुकीछिपी बसेको अवस्थामा कसैले देखेमा प्रहरीलाई खवर गरिदिन सवैमा आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७७ असोज ३ गते शनिवार
प्रतिक्रिया