हतकडी सहित भागे ४ जना आरोपी प्रहरी घेराबाट

काठमाडौं , २ असोज / प्रहरीको नियन्त्रणमा रहेका ४ जना अभियुक्त हत्कडी सहित भागेका छन् । गएराती सोधपुछका लागि महानगरीय प्रहरी वृत कालिमाटीले चोरीको आरोपमा ४ जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रहरी घेरा तोडेर हत्कडी सहित फरार हुनेमा अनिल जैसवाल, सुजित गुप्ता, आशु जैसवाल र रविन्द्र जैसवाल रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरिक्षक श्यामलाल ज्ञवालीले बताए ।

चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको थियो । हत्कडी लगाएरै थुनुवा कसरी भागे भन्नेबारे शंका उब्जिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकृतले रातोपाटीलाई बताए ।

प्रकाशित मिति : २०७७ असोज २ गते शुक्रवार
प्रतिक्रिया