सासुलाई बलात्कार गर्ने जवाई तुलसीपुरमा पक्राउ

तुलसीपुर, १ असोज / सासुलाई बलात्कार गरेको आरोपमा दाङको तुलसीपुरमा जवाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ निबासी २८ बर्षका ओकील शर्मा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

केहि दिन अघि कुटपिट गरेर लखेटिएकी छोरीलाई पठाउन आएकी ४० बर्षकी सासुलाई  गएराति साढे ९ बजे बलात्कार गरेको पिडित महिलाले जानकारी दिएकी छन् ।

सासुले दिएको जाहेरीका आधारमा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए । घटनाको वास्तविकताका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ असोज १ गते बिहिवार
प्रतिक्रिया