दुई लाख बढिको सामान चोरी गरेको आरोपमा तिन जना पक्राउ

दाङ, ३१ भदौ । अढाई लाख मुल्य बराबरको सामान चोरी गरेको आरोपमा तिन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा जिल्लाको गैडाकोट नगरपालिका वडा नम्वर २ बस्ने वर्ष १९ का एलिस तामाङ, सोहि वडाका १८ बर्षका सन्दिप नेपाली र १८ बर्षका सुजन नेपाली रहेका छन् ।

सोहि ठाउँमा रहेको महेन्द्र स्मारक आधारभुत विद्यालय भित्र पसी एल.सि.डी.कम्प्यूटर ४ थान, कम्पयुटर सि.पि.यू .३ थान र प्रोजेक्टर १ थान गरी २ लाख पचास हजार रुपैया मुल्य बराबरको समान चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जानकारी दिएको छ । उनीहरु विरुद्ध चोरी मुद्धा दर्ता गरी नवलपुर जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी आबश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ३१ गते बुधवार
प्रतिक्रिया