छवि कुमार वली,
दाङ,२२ जेष्ठ / विश्व वातावरण दिवसको अवसरमा विरेन्द्र माद्यामिक विद्यालयले पश्चिम दाङमा ¥याली निकालेको छ । विद्यालयले शान्तिनगर गाउँपालिका १ खिलतपुरमा “प्रकृतिसँग हाम्रो सम्बन्धः रहिरहोस् अनन्त” भन्ने नारा साथ ¥याली निकालेको हो । रयाली पछि आयोजति कोणसभलाई सम्बोधन गर्ने वक्ताहरुले पृथ्वी र प्रकृति सबैको साझा भएकाले मानव समाजले वातावरणलाई स्वच्छ सफा राखेर संरक्षण गर्नु आवश्यक रहेकोमा जोड दिएका थिए ।
वातावरणलाई सँधै स्वच्छ सफा नराखे विभिन्न रोगका सिकार हुन सक्ने भन्दै स्वस्थ जीवनयापनका लागि वातावरण स्वच्छ हुनु आवश्यक हुनुपर्ने बताए । विद्यालयका प्रधानाध्यापक कुल बहादुर डांगीको अध्यक्षतामा एवं शिक्षक अभिभावक सघका अध्यक्ष धन बहादुर वलीको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नेपाल जलबायु परिवर्तन सहयोग कार्यक्रम जिल्ला समन्वय समिति दाङका प्रतिनिधि अशोक कुमार वलीले वातावरण संरक्षणमा सवै लाग्नु पर्ने बताए । नेपाल जलवायु परिर्वतन सहयोग कार्यक्रम अन्र्तगत जिल्ला समन्वय समितीको सहकार्यमा ल्ऋऋक्ए को आर्थिक सहयोगमा दिवसको अवसरमा विद्यालयमा हाजिरि जवाफ कार्यक्रम पनि गरिएको थियो ।
प्रकृति बचाउन पश्चिम दाङमा रयाली
प्रकाशित मिति : २०७४ जेष्ठ २२ गते सोमवार
प्रतिक्रिया