एकै परिवारका ३ जना घरमै मृत फेला

भक्तपुर, २६ भदौ । भक्तपुरमा एकै परिवारका ३ जना मृत फेला परेका छन् । मध्यपुर थिमि नगरपालिका–९ निकोसेरास्थित ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव घरमै फेला परेको महानगरीय प्रहरी वृत्त प्रमुख डीएसपी ऋषिराम कँडेलले जानकारी दिए ।

तीनै जनाको शव फरक फरक कोठामा भेटिएको छ भने कुकुर पनि मरेको अवस्थामा भेटिएको छ । घटनाको प्रकृति हेर्दा शंकास्पद रहेकाले अनुसन्धानलाई तिब्र पारेको प्रहरीले बताएको छ । घटना केहि दिन अघिको जस्तो देखिएको छ ।

घरको दोस्रो तलामा कुकुर, तेस्रो तलामा सम्झना र चौथो तलामा सुशान्तको मृत शरीर फेला परेको जानकारी दिइन् । शुक्रबार आएका भाईले घरको ढोका उघारै र पालेको कुकुर सहित दाइ, भाउजु र भतिजालाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

 

प्रकाशित मिति : २०७७ भाद्र २६ गते शुक्रवार
प्रतिक्रिया