कर्तव्य मुद्दामा पक्राउ परेका अभियुक्त माथी अनुसन्धान गर्न १५ दिन म्याद थप

दाङ,२४ भदौ । सल्यानमा कर्तव्य ज्यान मुद्धामा पक्राउ परेका एक अभियुक्त माथी अनुसन्धान गर्न अदालतबाट १५ दिनको म्याद थप गरिएको छ । कुमाख गाउँपालिका वडा नम्वर २ स्थित मुलनेटाबाट गुरुदासे तर्फ जाने सडक नजिकै गएको भदौ २२ गते राती सोहि ठाउँका २९ बर्षिय देबराज जैसीले १६ बर्षिय जनक खत्रीलाई कुटपिट गरी हत्या गरेको आरोप छ ।

पिडित पक्षले जैसीले ढुङगा प्रहार गरी खत्रीको हत्या गरेको भनि भदौ २३ गते प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि आरोपि जैसीलाई उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । पक्राउ परेका विरुद्ध सल्यान जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी आबश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २४ गते बुधवार
प्रतिक्रिया