टोकियो ओलम्पिक ‘कुनै पनि हालतमा २०२१ मै हुनुपर्छ

काठमाण्डौ /  जापानकी ओलम्पिक मन्त्री सिको हशिमोतोले टोकियो ओलम्पिक आउँदो वर्ष ‘कुनै पनि हालत’ मा हुने जानकारी दिए । कोरोना भाइरसको जोखिम र चुनौतीलाई परवाह नगरि ओलम्पिक आयोजना हुने उनले बताएका छन ।
टोकियो ओलम्पिक केही वर्षको ग्रीष्म ऋतुमा आयोजना हुने तय भएको थियो तर कोरोना महामारीका कारण सारिएको हो ।
‘यो खेलमा संलग्न सबै जना तयारीमा जुटेका छन्, खेलाडी पनि आउँदो वर्षका लागि केन्द्रित भएका छन पत्रकारसँगको भेटघाटमा उनले भने, ‘मलाई लाग्छ हामीले खेललाई उम्कन दिनुहुँदैन ।’

सोमबार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का उपाध्यक्ष जोन कोट्सले कोभिड भए पनि नभए पनि आउँदो वर्षको जुलाईमा हुने बताए । आयोजकहरु पनि खेल सावधानीपूर्वक सञ्चालन गर्ने तयारीमा जुटेका छन् । ओलम्पिकको मिति सारिएको घटना इतिहासमै पहिलो हो, यद्यपि यसअघि पनि युद्धका कारण ओलम्पिक सारिएको थियो । गएको मार्चमा ओलम्पिकको स्थगन घोषणा अघि खेलाडीहरुले प्रतियोगिता सार्नुपर्ने माग गर्दै आईओसीले आफूहरुको जीवन खतरामा पार्न लागेको आरोप लगाएका थिए ।

 

प्रकाशित मिति : २०७७ भाद्र २३ गते मङ्गलवार
प्रतिक्रिया