२० हजार घूस खाएको आरोपमा २ नम्बर वडाध्यक्ष पक्राउ

बुटवल । २० हजार घूसा खाएको आरोपमा रुपन्देहीमा वडाध्यक्ष अख्तियारको फन्दामा परेका छन् । रोहिणी गाउँपालिका –ं २ का वडाअध्यक्ष सरोजकुमार पाण्डेयलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

अख्यिातर दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयको टोलीले सेवाग्रागीसँग २० हजार रुपैयाँ घूस लिएको प्रमाणका अधारमा नियन्त्रणमा लिएको प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

वडाअध्यक्ष पाण्डेयले सेवाग्राहीलाई सहकारीबाट अनुदान रकम उपलब्ध गराउनका लागि सहजीकरण गरिदिएको भनेर २० हजार रुपैयाँ घूस लिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १८ गते बिहिवार
प्रतिक्रिया