५ लाख नगदसहित पूर्वाधार विकास कार्यालयका प्रमुख पक्राउ

बुटवल, १४ भदौ । पूर्वाधार विकास कार्यालय, बाँकेका कार्यालय प्रमुख सिडिई मनिषकुमार अर्याल घुससहित पक्राउ परेका छन् । श्रोत नखुलेको रु ५ लाख ३० हजार नगदसहित उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

अर्याललाई कार्यालयको गाडीसहित भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश नं ५ बुटवलको कार्यालय परिसरबाट पक्राउ गरिएको हो । अर्याललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ भाद्र १४ गते आइतवार
प्रतिक्रिया