तुलसीपुरमा ७ बर्षकी बालिका बलात्कृत

तुलसीपुर, ४ भदौ । बलात्कार आरोपमा तुलसीपुरमा एक युवक पक्राउ परेका छन् ।

७ बर्षकी बालिकालाई ललाईफकाई गरेर कोठोमा लगेर बलात्कार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका–७ बाट १७ बर्षका युवक पक्राउ परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।

२० बर्ष उमेर नपुगेकाले आरोपी युवकको नाम नखुलाएको प्रहरीले जानकारी दिएको छ । ती युवकलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०७७ भाद्र ४ गते बिहिवार
प्रतिक्रिया