चक्कु प्रहारबाट  तुलसीपुरमा एक जना घाईते 

तुलसीपुर, ३ भदौ । तुलसीपुरमा युवाहरुको कुटपिटबाट एक युवक घाईते भएका छन् ।

पुरानो रिसवीलाई लिएर तुलसीपुर उपमहागनरपालिका–३ दमारगाउँ निबासी २० बर्षका यज्ञबहादुर विकलाई ९/१० जना युवाहरुको समुहले चक्कु तथा लाठी, ढुङ्गाले समेत प्रहार गरेर घाईते बनाएको पिडितले जानकारी दिएका छन् ।

बिकलाई सोही ठाउँ निबासी २१ बर्षका निशान्त शाही, १८ बर्षका बरुण गुरुङ, २० बर्षका बिशाल मल्ल, २१ बर्षका प्रकाश गुरुङ, १९ बर्षका देवीराम मगर सहितका युवाले कुटपिट गरेको र ५ जनलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।  घटना गएराति ११ बजे भएको थियो ।

प्रकाशित मिति : २०७७ भाद्र ३ गते बुधवार
प्रतिक्रिया