माछा मार्न थापेको ढर्रेमा नवजात शिशुको शव फेला

तुलसीपुर, ३ भदौ । बबई नदीमा माछा मार्न थापेको ढर्रेमा नवाजात शिशुको शव  फेला परेको प्रहरीले जनाएको छ ।

ठाकुरबाबा नगरपालिका–५ धोङरहवा स्थित बबई सिंचाई नहरको कुलोमा माछा मार्न थापेको  ढर्रेमा  १/ २ दिनको जस्तो देखिने

नवजात शिशु मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी बरिष्ठ उपरीक्षक राजकुमार वैदवारले जानकारी दिए । घटनाका सम्बन्धमा थप अनुसन्धान ईलाका प्रहरी बग्नाह वर्दियाबाट प्रहरी टोली पठाएको प्रहरी बरिष्ठ उपरीक्षक वैदवारले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ भाद्र ३ गते बुधवार
प्रतिक्रिया