सल्यानमा करणी गरेको आरोपमा एक जना पक्राउ

दाङ, २ भदौ ।

सल्यानमा जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिक रामपुर गाविस वडा नम्वर ५ वडा हाल कालिमाटी गाउँपालिका २ बस्ने २५ बर्षिय लोकराज परियार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

गएको साउन ३० गते साहि गाउँपालिका ३ पानिखोला जंगल अन्तर्गत ध्वालाकाँडा तर्फ जाने गोरेटो बाटोमा २६ बर्षिया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

पिडितको उजुरीको आधारमा गएको प्रहरी टोलीले ३१ गते राती सुकिदहबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका आरोपी विरुद्ध अदालत सल्यानबाट म्यादथप गरी आबश्यक अनुसन्धान सुरु गरिएको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र २ गते मङ्गलवार
प्रतिक्रिया