कुटपिटबाट पश्चिम दाङमा २ जना घाईते

तुलसीपुर, १ भदौ । गएराति पश्चिम दाङको हंसपुर स्थित बगालेमा कुटपिटबाट २ जना घाईते भएका छन् । घाईते हुनेमा बबई गाउँपालिका–४ हापुरे निबासी १९ बर्षका सुरेन्द्र खड्का र २१ बर्षका सोहन वली रहेका छन् ।

घाईते दुबै जनाको आँखामा गहिरो चोट लागेकाले राप्ती प्रादेशिक अस्पतालमा उपचारपछि राप्ती आँखा अस्पताल रक्षाचौर रिफर गरिएको अस्पतालले जनाएको छ ।

बबई गाउँपालिका– ३ पुरन्धारा निबासी कमल विक सहित ५/६ जना युवाहरुले कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ । कुटपिटमा संलग्न रहेको आरोपमा विक पक्राउ परेको ईलाका प्रहरी कार्यालय खिलतपुरका इन्चार्ज तथा प्रहरी निरीक्षक मोहन बिक्रम केसीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र १ गते सोमवार
प्रतिक्रिया