वन संरक्षणमा उत्कृष्ट कार्य गर्ने १० जना सम्मानित

हेमराज शर्मा

दाङ, २१ साउन / डिभिजन वन कार्यालय दाङले १० जना वन संरक्षणकर्मी तथा कर्मचारीलाई सम्मान गरेको छ ।
प्रदेश ५ का वन तथा वातावरण मन्त्री लिला गिरी र डिभिजन वन कार्यालय दाङका डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले वन तथा वातावरण संरक्षणमा उल्लेख्य योगदान पुर्याएका र कार्यालयका काम नागरिकको गुनासोरहित बनाएको भन्दै कर्मचारी र वन संरक्षणकर्मी सम्मानित भएका हुन् ।
सम्मानित हुनेमा सर्वाेत्कृष्ट पुरस्कारबाट सहायक वन अधिकृत सिद्धान्त वराल र कर्मचारी खिमबहादुर चौधरी, त्यसैगरी उत्कृष्ट पुरस्कारबाट फरेष्टरद्वोय विरजङग वली र तिलक चौधरी, सशस्त्र बन सुरक्षा तर्फ टे सुवेदार मोतिराम थारु, कार्यालयकी कम्प्युटर अपरेटर प्रतिभा तिमिल्सेना, वन रक्षकद्वोय विनोद अधिकारी र नवराज अधिकारी सम्मानित भएका छन् । यस्तै, सान्त्वना तर्फ अधिकृत लेखातर्फ जागेश्वर उप्रेती र मेकानिकल अपरेटर सहायक तर्फ प्रकाश बहादुर साउद सम्मानित भए ।

कार्यक्रमको उदघाटन गर्दै प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले वन तथा वातावरण संरक्षण गर्न हामी सबैको साझा दायित्व भएको बताईन । मानवीय त्रुटीका कारण हुने अधिकांश वन डढेलोको जोखिमका कारण हरेक वर्ष ठूलो मात्रामा पर्यावरण नोक्सान भईरहेकाले यस तर्फ सबै गम्भीर बन्नु पर्ने वन तथा वातावरणमन्त्री गिरीको आग्रह छ । डिभिजन वन कार्यालय दाङका डिभिजनल वन अधिकृत दिपक ज्ञवालीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति : २०७७ साउन २१ गते बुधवार
प्रतिक्रिया