दाङमा सामुहिक बलात्कार आरोपमा २ जना पक्राउ

दाङ, २१ साउन
देउखुरीमा एक युवती माथि ४ जना युवाले सामुहिक बलात्कार गरेका छन् । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँबस्ती मसुरीया निवासी १७ वर्षिया युवतीलाई राप्ती गाउँपालिका वडा नम्बर ४ का अन्दाजी २५/२६ वर्षका अर्जुन विक, सोही वडाका २७र/८ वर्षका प्रकाश नेपाली, २३र२४ वर्षका इसव जिसी र १९र२० वर्षका भुपाल थापामगरले बलात्कार गरेको पिडित युवतीले बताएकी छिन् ।

पिडित युवती आफ्नो १९ वर्षिय प्रेमी सँग साउन १६ गते दिउँसो घर नजिकको शान्ति सामुदायिक वन र घण्टदेव सामुदायिक वनको सिमानाको जंगलमा घुम्न गएका बेला ४ जनाको समुहमा आएका ती युवाहरूले पिडित युवतीकी प्रेमीलाई कुटपिट गरि घाइते बनाएर बलात्कार गरेको पिडित युवतीले जानकारी दिएकी छिन् ।

यता यस विषयमा ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक गंगाबहादुर सारूमगर सँग बुझ्दा जाहेरी दर्ता भई दोषीहरू माथि जवरजस्ती करणी सम्बन्धि मुद्दा दर्ता भइसकेको र पक्राउ पुर्जी आएपछि मंगलबार प्रहरीले इसव जिसीलाई तुलसीपुरबाट फर्किदै गर्दा बाटो बाटै र भुपाल थापामगरलाई प्युठान स्थित मामा घरबाट पक्राउ गरेको प्रहरी निरिक्षक सारूमगरले जानकारी दिएका छन् ।

फरार २ जनालाई प्रहरीले खोजी रहेको र अहिले पनि प्रहरी फिल्डमानै रहेको बताउँदै खोजी कार्यमा सहयोग गर्न प्रहरी निरिक्षक सारूमगरले सवैमा आग्रह गरेका छन् ।।

प्रकाशित मिति : २०७७ साउन २१ गते बुधवार
प्रतिक्रिया