धारापानी वनमा अनियमितताको रहस्य खुल्दै,एउटै मितिमा फरकफरक रसिद नम्वर

तुलसीपुर, १७ साउन ।

Advertisement

तुलसीपुर ७ मा रहेको धारापानी सामुदायिक बन समुहका पदाधिकारीले अनियमितता गरेको बारे केहि तथ्य फेला परेको छ । तुलसीपुर खवरडटकमलाई प्राप्त भए अनुसार सामुदायिक बन समुहको रसिद नम्वर मिति अनुसार फरकफरक भएको पाईएको छ । स्रोतले उपलब्ध गराएको यी रसिद नम्वरमा मिति एउटै भएपनि फरकफरक भएको पाईएको छ । यसले गर्दा अझ बढि आसंका पैदा गरेको छ । प्राप्त विवरणमा बन समुहको रसिद नम्वर १७०३ लक्ष्मीको नाममा २०७६÷१२÷७ मा काटिएको छ । तर सोहि मितिमा रसिद नम्वर २९०६ प्रकाश चौधरीको नाममा काटिएको छ ।

Advertisement

 यस्ता छन् रसिद नम्वरहरु 

Advertisement

स्थानिय उपभोक्ताले बनका पदाधिकारीले आर्थिक चलखेल गरेको भन्दै विगत देखी छानविनको माग गदै आएका छन् ।यस विषयमा उपभोक्ताले बन समुहका पदाधिकारी हुदै डिभिजन बन कार्यालयमा समेत उजुरी दिए । वन कार्यालयले छानविन गरी प्रतिवेदन तयार गरी सार्वजनिक गरी सकेको छ  । प्रतिवेदनमा बन समुहका पदाधिकारीले केहि त्रुटी गरेको औल्याईसकेको छ । तर उपभोक्ताले छानविन प्रतिवेदन माथी नै प्रश्न उठाउदै चित्तबुझदो नभएको भन्दै असहमती जनाउदै आएका छन् ।

जसले गर्दा वनमा उत्पन्न भएको विवाद अझै साम्य हुन सकेको छै । वन समुहका पदाधिकारीले कुनै अनियमितता नभएको दावी गदै आएका छन् भने उपभोक्ताले धेरै अनियमितता गरेको आरोप लगाएका छन् । बन पत्ल्याउने नाममा आर्थिक अनियमितता, जथाभावी रुख कटान , गैर उपभोक्तालाई काठ विक्रि गरेको लगाएतका विषयमा उपभोक्ताले छानविनको माग गदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *