बाघ जोगाउन आवश्यक छ : प्रधानमन्त्री ओली

काठमाडौ, १४ साउन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जातिको अस्तित्वका लागि पनि बाघ जोगाउनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय बाघ संरक्षण दिवसका अवसरमा बुधवार भिडियो मार्फत सन्देश दिंर्दै प्रधानमन्त्री ओलीले बाघ नेपालको पहिचान भएको उल्लेख गरे । उनले बाघलाई संरक्षण गर्नु मानव जातिको कर्तव्य र दायित्व दुवै भएको बताए ।

Advertisement

सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बाघको संख्या बढ्दै गर्दा मानवसँग द्वन्द्व बढ्न सक्ने सम्भावना पनि रहेको धारणा व्यक्त गरे । भिडियो सन्देशमा उनले सकेसम्म बाघ र स्थानीय समुदायबीच द्वन्द्व नहुने गरी बाघ पाइने राष्ट्रिय निकुन्जको व्यवस्थापन गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीका अनुसार आउँदा दिनमा राज्यले वन्यजन्तुबाट पीडित परिवारलाई दिइने राहत रकमलाई समय सापेक्ष रुपमा वृद्धि गर्नेछ, राहत वितरण प्रक्रियालाई सरलीकृत गर्नेछ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *