पहिरोमा स्काभेटर, ट्रिप्पर र ट्याक्टर पुरियो, चालक वेपत्ता

बागलुङ, ११ साउन

पहिराेमा पुरिएकाे आशंकामा दुई चालककाे खाेजि कार्य सुरू बागलुङ बागलुङ नगरपालिका-१ माझीबस्तीदेखि निरियघाट जाने बाटोमा शनिवार राति गएकाे पहिरोमा पुरिएकाे आशंकामा दुई जना चालककाे खाेजि कार्य सुरू गरिएकाे छ ।

शनिबार बेलुका साढे ८ बजे पहिरो जाँदा एक स्काभेटर, ट्रिपर र ट्याक्टर पुरिएका छन् । सडकमाथीकाे भागबाट सड्क सामग्री निकाल्दै गर्दा पहिराे खसेकाे थियाे । पहिराे खस्दै गर्दा स्काभेटर चालक भागेर ज्यान बचाउन सफल भए पनि ट्रिपर र ट्याक्टर चालक सम्पर्क विहिन रहेकाे प्रमुख जिल्ला अधिकारी सुरेस न्याैपानेले जानकारि दिए ।

दुवै चालक पहिराेमा पुरिएकाे आशंकामा अाईतबार विहानैदेखि जनपथ प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा स्थानिय परिचालन गरि उद्दारकाे काम भैरहेकाे छ ।

बानपा–१ का वडाअध्यक्ष सुर्य लामिछाने क्षेत्रीका अनुसार स्काभेटर, ट्रिपर र ट्याक्टर चालक सम्पर्कमा नआएको जानकारी दिनुभयो । उहाँले ग १ च ४६३७ नम्बरको ट्रिपर पुरिएको जानकारी प्राप्त भएपनि स्काभेटर र ट्याक्टरको नम्बर पत्ता नलागेको बताए । सडक सामग्री उत्खननमा वडा कार्यालयसंष कुनै समन्वय र जानकारी नभएकाे कार्यवहाक वडाध्यक्ष लालबहादुर खत्रीकाे भनाई छ ।

प्रकाशित मिति : २०७७ साउन ११ गते आइतवार
प्रतिक्रिया