२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा मौरीको टोकाईबाट दुईजना विरामी

तुलसीपुर, ५ जेठ ।  दाङको तुलसीपुरमा मौरीको टोकाईबाट दुईजना विरामी भएका छन् । तुलसीपुर–३ अम्बासका ६२ वर्षिय सुपबहादुर दमाई र उहाँकै श्रीमती ६१ वर्षिया लिलावती दमाई मौरीको टोकाईबाट विरामी भएका हुन् । उनीहरुलाई आफन्तीको घरबाट आफ्नो घरमा जाने क्रममा आज दिउँसो दमारगाउँ–अम्बास सडकखण्डको भ्युडरगैह जंगलमा मौरीले टोकेको हो । जंगलमा मौरीले टोकेको अवस्थामा फेला पारेको तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले जानकारी दिनुभयो ।

वृद्ध दम्पत्तीलाई जंगलमा घाइते अवस्थामा देखेपछि मेयर खड्काले आफ्नै गाडीबाट उद्धार गरी उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगेको उहाँको सचिवालयले जनाएको छ । उनीहरुको सबै उपचार खर्च उपमहानगरले ब्यहोर्ने स्वकीय सचिव गोकर्ण पौडेलले बताउनुभयो ।।

प्रकाशित मिति : २०८१ जेष्ठ ५ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।