२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

तुलसीपुर, २३ बैशाख ।  दाङको तुलसीपुरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–९ बेलुवाका ३८ वर्षीय सेफ अलि खाँ रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्र्रहरी निरीक्षक नवचन्द्र्र मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसीपुरको अटोभिलेजबाट बसपार्कतर्फ आउदै गरेको रा १ क ५९६ नम्बरको ट्रकले अटोभिलेज नजिकै आफ्नै ईलेक्ट्रिक पसल अगाडी बस्नुभएका उहाँलाई आज बिहान पौने ११ बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भिर घाइते भएका खाँलाई उपचारका लागी राप्ती प्र्रादेशिक अस्पतालमा ल्याइएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्र्रहरीले जनाएको छ । ठक्कर दिने ट्रकसहिच चालक तुलसीपुर–१३ का गंगाराम सुनारलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ बैशाख २३ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।