२०८३ कार्तिक ११ गते बुधवार

कार दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं, ५ गते ।  मकवानपुरको बकैया गाउँपालिका–१२ ठिंगनस्थित कान्ति लोकमार्गमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ललितपुरबाट हेटौंडाका लागि छुटेको ग ३ च ९४७५ नम्बरको कार सडकबाट खसेर दुर्घटना हुँदा रौतहट मौलापुर नगरपालिका–६ का १७ वर्षका विवेक साह र मकवानपुरको बकैया गाउँपालिका–१२ का ६५ वर्षका प्रेमबहादुर ब्लोनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । कार चालक बाराको निजगढ नगरपालिका– ६ का ३० वर्षका सन्दीप साहको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।।

प्रकाशित मिति : २०८१ जेष्ठ ५ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।